भुमिमन्त्री अर्यालाई लाग्याे ठेस, सर्वत्र विराेधपछि कित्ताकाट फुकुवाकाे निर्णयबाट व्याक « Arthapath.com
२८ भाद्र २०७७, आईतवार

भुमिमन्त्री अर्यालाई लाग्याे ठेस, सर्वत्र विराेधपछि कित्ताकाट फुकुवाकाे निर्णयबाट व्याक



काठमाडौं । वर्षाैदेखी गुमेकाे नेपालकाे भुभाग लिपुलेक, लिम्पुराधुरा र कालीीनदीकाे भुमि नेपालकाे नक्सामा समेटेर नयाँ नक्सा जारी गरेर वाही वाही कमाएकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याललाई अहिले खेतीयाेेेेेग्य जमिन कित्ताकाट गर्ने निर्णयले विवादमा परेकी छिन ।

हालै मन्त्रीपरिषद बैठकले फुकुवा गरेको जग्गा कित्ताकाट सम्बन्धी निर्णय बदर भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गत भदौ १८ गते जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेकी थिइन । सर्वत्र विरोध भएपछि मन्त्रालयले बदर गरेको हो । मन्त्री अर्यालको उक्त निर्णय भूमिसम्बन्धी ऐन तथा नियमावली २०७४ विपरित रहेको भन्दै बदर गरिएको हो ।

मन्त्रालयका सहसचिव दीपकुमार पहाडीले हस्ताक्षर गरेर सार्वजनिक गरेको निर्णयमा गत भदौ १८ गते कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका निर्णयहरु बदर गरिएको छ भनेर स्पष्ट लेखिएको छ ।

मन्त्रालयले यो निर्णय मात्र हैन मन्त्री अर्यालले २०७५ पुस २७ गते जारी गरेको पुरानो निर्देशन पनि बदर गरेको छ ।
मन्त्रालयको सूचना


प्रतिक्रिया दिनुहोस्