प्राधिकरणमा पुर्ननियुक्ति नभएपछि कुलमानले गरे प्रधानमन्त्रीको प्रशंसा, प्राधिकरण सुर्धान स्टाण्ड लिएकै हुँ (विदाई कार्यक्रमको भिडियोसहित) « Arthapath.com
३० भाद्र २०७७, मंगलवार

प्राधिकरणमा पुर्ननियुक्ति नभएपछि कुलमानले गरे प्रधानमन्त्रीको प्रशंसा, प्राधिकरण सुर्धान स्टाण्ड लिएकै हुँ (विदाई कार्यक्रमको भिडियोसहित)



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको दोस्रो कार्याकालको लागी कार्यकारी निर्देशक बन्न नसकेका कुलमान घिसिङले प्रधानमन्त्रीको प्रशंसा गरेका छन । आफ्नो विदाइ कार्यक्रममा घिसिङले भने मेरो एकल प्रयासबाट नभई प्रधानमन्त्री, उर्जामन्त्री लगायत सबै कर्मचारीको प्रयासबाट प्राधिकरणमा आमुल परिवर्तन संभव भएको बताए ।

सोमबारको मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्रीले नचाहना घिसिङ कार्यकारी निर्देशकमा पुर्ननियुक्ती पाएका थिएनन् । उनले प्राधिकरणमा आफु एक्लैले केही नगरेको बताए । मलाई चार्च लगाए मिडियामा अनावश्यक मोभिलाइज गरेको पनि होइन । मिडियामा म आफै लुकी लुकी हिँडेको मान्छे हुँ । उनले आफुले प्राधिकरणको हितको लागी स्टाण्ड लिएको बताए । विदाई कार्यक्रममा प्राधिकरणका कर्मचारी र सरकारको प्रशंसा गरेका छन ।

प्राधिकरणमा को आए को गए थाहा हुन्न थ्यो, मेरो नियुक्तीको विषयमा घरघरमा चर्चा भयो । व्यक्ति आउने जाने हुन्छ एउटै व्यक्ति सधै रहदैन ।


प्रतिक्रिया दिनुहोस्