नेकपा केन्द्रको टकरावको चेपुवामा शाही, मुख्यमन्त्रीको पद जोगाउन ओलीको शरणमा प्रचण्ड « Arthapath.com
२६ आश्विन २०७७, सोमबार

नेकपा केन्द्रको टकरावको चेपुवामा शाही, मुख्यमन्त्रीको पद जोगाउन ओलीको शरणमा प्रचण्ड



काठमाडौं । नेपाल कम्यूनिष्ठ पार्टी (नेकपा)को केन्द्रमा देखिएको दुई नेताविचको विवाद प्रदेशसम्म छताछुल्ल भएको छ । मन्त्रीपरिषद पुर्नगठनमा दिनहुँ छलफल गरेपनि टुङ्गो लाग्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई दच्काउन मुख्यमन्त्रीको पदै धरापमा पारेका छन ।

मन्त्रीपरिषद विस्तारमा सहजीकरण नगरेको भन्दै प्रधानमन्त्री ओलीले पुर्वमाओवादी कोटामा मुख्यमन्त्री बनेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथी प्रहार सुरु भएको छ । शाहीको विरुद्ध ओलीपक्षिय नेता यमलाल कडेँलको शक्रियतामा अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।

ओलीले मन्त्रीपरिषद विस्तारमा प्रचण्डले दुःख दिन खोजेपछि प्रदेश मुख्यमन्त्री चेपुवामा परेका छन । मुख्यमन्त्री शाही विरुद्धको अविश्वास प्रश्तापमा रोचक पक्ष के छ भने पुर्व माओवादीका उपसभामुखसहित ३ नेताले हस्ताक्षर गरपछि प्रचण्ड थप तनावमा छन ।

मुख्यमन्त्री शाहीको पद जोगाइदिन नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड प्रधानमन्त्रीको सरणमा पुगेका छन । सोमबार नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा कर्णालीमा उत्पन्न राजनीतिक समस्या समाधानका लागि केन्द्रबाटै सहजीकरण गर्ने सहमति भएको हो ।

ओली र प्रचण्डविच कर्णाली प्रदेशमा सरकार परिवर्तन गर्न नहुने बरु नमिलेका कुरा आपसमा मिलाउने सहमती भएको छ । कर्णालीको देखिएको विवाद बालुवाटारमा २ अध्यक्षले मिलाएपनि प्रदेशमा चाँही त्यति सहज छैन ।


प्रतिक्रिया दिनुहोस्