कर्णाली प्रदेशमा नेकपाको विवाद चर्कियो, मुख्यमन्त्री शाहीले आफुलाइ हटाउन खोज्ने प्रमुख सचेतक शाहलाइ गरे बर्खास्त « Arthapath.com
२६ आश्विन २०७७, सोमबार

कर्णाली प्रदेशमा नेकपाको विवाद चर्कियो, मुख्यमन्त्री शाहीले आफुलाइ हटाउन खोज्ने प्रमुख सचेतक शाहलाइ गरे बर्खास्त



काठमाडौं । आफुलाई हटाउन अनावश्यक चलखेल गरेको आरोपमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई बर्खास्ती गरेका छन । नेकपा कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट सोमबार हटाएका छन ।

मुख्यमन्त्री शाही अझै निरंकुष बनेर उल्टै सचेतकलाई हटाएपछि कर्णाली प्रदेश सरकारको राजनिती थप कष्टकर बन्दै आएको छ । मुख्यमन्त्री शाहीले सन्तोषजनक काम नगरेको भन्दै शाहलाई हटाएका हुन ।

मुख्यमन्त्री शाहीले प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिएका थिए । शाहीले यसअघि सचेतक रहेकी नेपालीलाई प्रमुख सचेतक बनाएका छन । नेकपाका १८ जना सांसदले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रश्ताव पेश गरेका थिए ।

आफुमाथी अविश्वासको प्रश्ताव आउने वित्तिकै प्रमुख सचेतक शाहले सोमबार नै दलको बैठक बोलाएका थिए ।

उता हटाइएका प्रमुख सचेतक गुलावजंग शाहले मुख्यमन्त्रीले गरेको निर्णय अमान्य हुने तर बहुमत संसदिय दलको बैठक बसेर मुख्यमन्त्री हटाइने बताएका छन । उनले आफै अल्पमतमा परेर हटाइएका मुख्यमन्त्रीले गरेको निर्णय मान्न नसकिने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्