ललितपुरमा कात्तिक २ गतेदेखी अघाेषित निषेधाज्ञा, अत्यआवश्यक बाहेक सबै सेवा बन्द « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

ललितपुरमा कात्तिक २ गतेदेखी अघाेषित निषेधाज्ञा, अत्यआवश्यक बाहेक सबै सेवा बन्द



काठमाडाैं । जिल्ला प्रशासन कार्यालय ललितपुरले अघाेषित निषेधाज्ञा जारी गरेकाे छ । काेराेनाकाे संक्रमण फैलने उच्च जाेखिम रहेकाे भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार विज्ञेप्ती जारी गर्दै कात्तिक २ गतेदेखी अत्यआवश्यक बाहेकका सबै सेवा बन्द गर्ने जनाएकाे छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतद्वरा जारी विज्ञेप्तीमा जिल्ला भरी अत्यआवश्यक बाहेक घर बाहिर ननिस्कन अाम नागरिकमा अनुराेेेध गरेकाे ।

दशैँ नजिकिँदै जाँदा बजारमा भिडभाड बढेकाे भन्दै जिप्रका ललितपुरले अर्काे सूचना जारी नभएसम्मकाे लागी सबै सेवा बन्द गर्ने जनाएकाे छ । पछिल्लाे समय उपत्यका काेराेनाकाे हटस्पट हुँद‌ैै आएपछि उपत्यकामा लकडाउन हुने चर्चा चलेकाे छ ।


प्रतिक्रिया दिनुहोस्