निरन्तर ओरालो लाग्दै ५ दिनमा सुनको मूल्य २३ सय रुपैयाँले घट्यो « Arthapath.com
१६ फाल्गुन २०७७, आईतवार

निरन्तर ओरालो लाग्दै ५ दिनमा सुनको मूल्य २३ सय रुपैयाँले घट्यो



काठमाडौं । सुनको मूल्य निरन्तर ओरालो लागेको छ । बुधबारदेखि सुनको मूल्य निरन्तर घट्दै आएको हो । गत मंगलबार छापावाल सुनको मूल्य ११ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, गत मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, गत मंगलबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर तोलामा १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो । बुधबारदेखि निरन्तर ओरोलो लाग्दै आइतबारसम्म छापावाल सुनको मूल्य २३ सय रुपैयाँले घटेको हो ।

आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

गत बिहीबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार तेजाबी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार चादीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

गत बुधबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार थियो । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

गत मंगलबार छापावाल सुनको मूल्य ११ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर तोलामा १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्