उपत्यकामा थप १५ दिन निषेधाज्ञा « Arthapath.com
२८ बैशाख २०७८, मंगलवार

उपत्यकामा थप १५ दिन निषेधाज्ञा



काठमाडौं । काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा हुने भएको छ । आज उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

अब काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा हुने छ । आज बसेको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर बढेसंगै काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाईएको थियो । दोस्रो पटक लगाइएको निषेधाज्ञा भोली सकिने छ ।


प्रतिक्रिया दिनुहोस्