राधी विद्युत कम्पनीले गर्यो ३६.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव « Arthapath.com
३ जेष्ठ २०७८, सोमबार

राधी विद्युत कम्पनीले गर्यो ३६.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव



काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले ३६.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनिको हिजो बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाइ ३६.५० प्रतिशत लाभाशं वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

राधी विद्युत कम्पनीले गएको आर्थिक वर्ष २०७६÷७७ बाट सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ४७ करोड ३५ लाख रुपैयाँको ३६.५० प्रतिशतले हुन आउने १७ करोड २८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।

उक्त लाभाशं वितरण गर्ने प्रस्ताव कम्पनिको १५ औं साधारण सभाले पारीत गरेपछि शेयरधनिले पाउनेछन ।


प्रतिक्रिया दिनुहोस्