करारमा कार्यरत प्राविधिकहरूहरुले सामूहिक राजीनामा दिए « Arthapath.com
११ असार २०७८, शुक्रबार

करारमा कार्यरत प्राविधिकहरूहरुले सामूहिक राजीनामा दिए



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरूहरुले सामूहिक राजीनामा दिएका छन । ३२ जिल्लाका इञ्जिनियर,ओभरसियर र सबओभरसियरलगायतकाले आज सामुहिक राजीनामा दिएर आन्दोलनमा उत्रिएका हुन ।

२०७२ सालको भूकम्पपछि विभिन्न जिल्लामा कार्यरत रहेका उनीहरुले पुनर्निर्माण प्रधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिको आव्हानमा सामूहिक राजीनामा दिएर आज माइतीघरमा प्रदर्शन गरेका थिए ।

सरकारले आगामि आर्थिक वर्षदेखि करार नविकरण नगर्ने तयारी गरेका र आफुहरुले राखेको विभिन्न माग पुरा नगरेकाले सामुहिक रुपमा राजीनामा दिएर आन्दोलमा उत्रिएको उनीह्रुले बताएका छन । उनीहरुको करार अवधि यहि असार मसान्तदेखि सकिने छ ।आन्दोलमा उत्रिएका केहि प्राविधिकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्