नयाँ किर्तिमान: यूनियन लाइफको आईपीओमा २१ लाख ७२ हजारले दिए आवेदन « Arthapath.com
२८ असार २०७८, सोमबार

नयाँ किर्तिमान: यूनियन लाइफको आईपीओमा २१ लाख ७२ हजारले दिए आवेदन



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) मा झण्डै २२ लाखले आवेदन दिएका छन् । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार यूनियन लाइफको आईपीओमा २१ लाख ७२ हजार ८६८ जनाले ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ता सेयरका लागी आवेदन दिएका छन् । आईपीओमा मागभन्दा ६ गुणा बढी आवेदन परेको हो । यसअघि जीवन विकास लघुवित्तको आईपीओमा २० लाख ८७ हजारले आवेदन दिएका थिए । तर उक्त रेकर्ड तोड्दै युनियन लाईफको आईपीओले नयाँ रेकर्ड बनाएको हो ।

कम्पनीले बिहीबारदेखि ६४ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ६४ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ३ लाख २२ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुलाई, ३ लाख २२ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्