गोर्खाज फाइनान्सको सेयरमा ठूलो चलखेल भएको भन्दै राष्ट्र बैंकमा उजुरी (निवेदन सहित) « Arthapath.com
८ भाद्र २०७८, मंगलवार

गोर्खाज फाइनान्सको सेयरमा ठूलो चलखेल भएको भन्दै राष्ट्र बैंकमा उजुरी (निवेदन सहित)



काठमाडौं । गोर्खाज फाइनान्सको सेयरमा चलखेल गरेको भन्दै उजुरी परेको छ । गोर्खाज फाइनान्स कम्पनीको सेयरमा ठूला लगानीकर्ताले गलत हल्ला फिजाएर चलखेल गरेको आरोपमा राष्ट्र बैंकमा उजुरी परेको हो ।

कम्पनीका केही ठूला लगानीकर्ताले अनावश्यक हल्ला तथा झुटो तथ्यांक सार्वजनिक गर्दै सेयर मूल्य बढाएको भन्दै राष्ट्र बैंकमा उजुरी परेको हो । गत साउन १६ गते हिराकाजी ढुंगेलले ठूला लगानीकर्ता दीपेन्द्र अग्रवालका विरुद्ध राष्ट्र बैैंकको गुनासो शाखामा उजुरी दिएका हुन् ।

कम्पनीका ठूला लगानीकर्ताले कम्पनीकै केही उच्च व्यवस्थापनका कर्मचारीसँग मिलेर झुटो वित्तीय विवरण देखाई कम्पनी नाफामा रहेको र सोबाट लगानीकर्तालाई मनग्य लाभांश दिने जस्ता हल्ला फिँजाएर सेयर मूल्य बढाएको सो उजुरीमा उल्लेख छ ।

निवेदनको पूर्ण पाठ

यस विषयको सम्वन्धमा हामी सर्वसाधारण नयाँ सेयर खरीद–बिक्री गर्नेहरुलाई ठूलो नोक्सानी भइरहेको र हुने सम्भावना छ । कारण यो छ कि गोर्खाज फाईनान्स लिमिटेडमा दिपेन्द्र अग्वाल र दीक्षान्त बानियसँग सीईओ लालबहादुर थिंग, डिजिएम सन्तोष घिमिरे, बैंक म्योनजर प्रविण अधिकारी, ऋण अधिकारी विनेश तामांङसँग मिलेर सेयर भाउ बढाउने, कर्नरिङ गर्ने, राइट ब्याक नभएको पैसालाई राइट ब्याक भएको देखाएर ईपीएस बढेको देखाएर शेयर भाउ बदछ भनेर सोझा नजान्ने साधारण व्यक्तिहरुको शेयर बटुली दिपेन्द्र अग्रवाल, दीक्षान्त बानियाँ, सिइओ लाल बहादुर थिंग, डीजीएम पार्टनर–विजनेस पार्टनर बनाएको छन् । यही काम गर्न बिना धितो ३ करोड भन्दा धेरै रकम व्यक्तिगत कर्जाको नाममा ताराचन्द्र बजगाईलाई अनधिकृत तरिकाले मालमा धितो रोक्का नै नगरि उपलब्ध उपलब्ध गराए भन्ने हल्ला छ । हामीले ऋण दिन परेमा महिनौं दिन लाग्छ, सीईओ र डीजीएमलाई कमिसन पैसा दिएमा छिटो काम बन्छ तर ऋणभार बढ्छ । अनि लिलाम गर्दा पनि सीईओ र डीजीएमसँग मिलेमा मात्र लिलाम सकार्न सकिन्छ । यो पैसा पनि अर्कैबाट लिन्छन् प्रमाण पेश गर्न परेका दिन गरिन्छ । यस्ता काम गोप्य रुपमा धेरै गरेका छन् भन्ने कुराको पनि हल्ला छ । वास्तविक खराब कर्जा एनपीएल धेरै छ । ३५ भन्दा धेरै छ भन्ने सुनिएको छ । त्यस्तै, थोरै देखाएर रिपोर्ट प्रकाशित गरेका छन् । एनपीएल घटाएको यू ट्यूबमा सुन्न पाइन्छ । त्यस्तै क्लब हाउसमा दिपेन्द्र अग्रवालले हामीसंग सीईओ, डीजीएमसँग राम्रो सम्पर्क छ, सल्लाह हुन्छ गोर्खाज फाइनान्सको सेयर २००० रुपैया नाघ्छ भनेर भन्ने गरेका छन् ।

गोर्खाज फाइनान्स भएको ८ वर्ष भन्दा धेरै भयो, लगानीकर्ताले लाभांस पाएका छैनन् । मर्कामा परेका छन् । यस्तो लकडाउनको बेलामा कमिसन खान शाखा खोल्दै छन्। घर भाडाबाट अफिस बनाउनबाट कमिसन खादैछन । त्यस्तै पुरानो भइरहेको अफिस न्युरोडको पनि अर्को ठाउमा कमिसन खाएर सर्दैछन् । घाटा धेरै भयो भाडा वृद्धि गर्दै १ वर्षको भाडा कमिसन खान्छन् भनेर घरबेटीहरु भन्छन

अतः श्रीमानबाट लगानी कर्ताको लगानी र डिपोजिट कर्ताको डिपोजिट सुरक्षित गराई ऐन, कानून निर्देशन विपरित विभिन्न पदमा काम गर्ने कर्मचारीहरुले गोप्य रुपमा जानीबुझी बेइमानी तरिकाले आफु र आफ्ना अदृस्य पार्टनरलाई फाइदा हुने गरि नक्कली कागजपत्र बनाई एउटा व्यक्तिको नाममा बिना धितोको कर्जा बनाई अर्को व्यक्तिलाई कारोबार गराएको हुँदा यस्ता बैंकिंग कसूर गर्ने अपराधीलाई कडा भन्दा कडा कारबाही र सजाय गर्न तत्काल निलम्बन गरि (प्रमाण नस्ट गराउने सम्भावना हुँदै) तत्काल हामी सर्वसाधारणलाई जानकारी गराई फाईनान्सलाई अनुशासित, पारदर्सी, जनताको विश्वासिली बनाउन अनुरोध गर्दछौ ।

निवेदक
हिराकाजी डंगोल


प्रतिक्रिया दिनुहोस्