साताको अन्तिम दिन ५९ अंकले घट्यो नेप्से, मानुषि लघुवित्तका लगानिकर्ताले सबैभन्दा बढि कमाए « Arthapath.com
२५ कार्तिक २०७८, बिहीबार

साताको अन्तिम दिन ५९ अंकले घट्यो नेप्से, मानुषि लघुवित्तका लगानिकर्ताले सबैभन्दा बढि कमाए



काठमाडौं । साताको अन्तिम दिन आज बिहिबार पनि बजार भारी अंकले घटेर राताम्मे भएको छ । मंगलबार ७९ अंकले घटेको बजार यस दिन ५९।५७ अंकले घटेर परिसुचक २६९० ।२९ अंकमा पुगेर बजार बन्द भएको छ ।

यस दिन परिसुचक ६० अंकले ओरालो लागेको छ । गत मगलबार नेप्से परिसुचक २७४९।८६ अंकमा आएर बजार बन्द भएको थियो । आज २६९० ।२९ अंकमा आइपुगेको छ ।

बिहिबार दिनभर २ सय २५ कम्पनिको ९ करोड ४७ लाख ५ हजार ९ सय ३६ कित्ता शेयर ७३ हजार ३ सय २८ पटक किनबेच हुदा ५ अर्ब ११ करोड ९६ लाख २ हजारको कारोबार भएको छ ।आज सबैसमुह घटेर राताम्मे भएको छ ।

बजार भारी अंकले घटेपनि मानुषि लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, साहस उर्जा कम्पनी र गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन ।


प्रतिक्रिया दिनुहोस्