महिला लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन « Arthapath.com
५ फाल्गुन २०७७, बुधबार

महिला लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीको आइपीओमा आज फागुन ५ गतेसम्म आवेदन दिन पाइने भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडअनुसार आईपीओमा आज बुधबारसम्म आवेदन दिन सकिनेछ । गत शुक्रबार सार्वजनिक बिदा परेकोले आईपीओ आवेदन समय एक दिन थप गरिएको हो । यसअघि आईपीओ निष्कासन छिटोमा फागुन ४ गते बैंकिङ समयपछि बन्द हुने भनिएको थियो ।

मंगलबारसम्म १२ लाख ४ हजार २८७ आवेदकले २ करोड १६ लाख २५ हजार ६०० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ५७.६६ गुणा बढी आवेदन परेको हो । हालसम्म २ अर्ब १६ करोड २५ लाख ६० हजार रुपैयाँ संकलन भएको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर आइपीओ निष्कासन तथा बिक्री गरेको हो । जसमा ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताहरुले उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । कम्पनीको साधारण सेयर तथा आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्