कारोबार भएको पहिलो दिन न्यादी हाइड्रोपावरको शेयर ९.९९ प्रतिशतले बढ्यो
काठमाडौं । न्यादी हाइड्रोपावरको शेयर आजबाट दोस्रो बजारमा कारोबार खुलेको छ । हाइड्रोपावरको शेयर आज प्रि– सेसनमा म्याचिङ भएर प्रतिकित्ता २८२ दशमलव ३ मा शुरु भएको थियो ।
नेप्सेले पहिलो कारोबारको लागि ९४ रुपैयाँ १३ देखि २८२ रुपैयाँ ३९ पैसा ओपनिङ रेञ्ज तोकेको थियो । त्यसमै रहेर आजबाट दोस्रो बजारमा कम्पनिको शेयर कारोबार सुरु भएको हो ।
यो समाचार तयार पार्दासम्म कम्पनिको शेयरमुल्य ९.९९ प्रतिशतले उकालो लागेर ३१० रुपैयाँ ५० पैसा पुगेको छ ।













