कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ पक्षमा अल्पकालिन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश अब्दुल अजीज मुसलमानले घिसिङको पक्षमा अल्पकालिन अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन् । उनले आगामी आइतबार दुवै पक्षलाई बोलाउने आदेश गरेका छन् ।
सरकारे घिसिङलाई प्राधिकरणको निर्देशकबाट बर्खास्त गरेको छ । आफूलाई निर्देशकबाट हटाएपछि घिसिङले सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
उनले प्रधामन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, उर्जा मन्त्री दिपक खड्का, विद्युत प्राधिकरणका संचालक र नवनियुक्ति निर्देशक हितेन्द्र देव शाक्यलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।












