सिटिजन लाइफको बिमाकोष १३० प्रतिशतले बढ्यो
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको बिमाकोष १३० १३० प्रतिशतले बढेको छ ।कम्पनीले सार्वजनिक गरेको आव २०७७÷०७८ को दोश्रो त्रैमासिक (पौष मसान्त) सम्मको वित्तीय विवरण अनुसारे पौष मसान्तमा कम्पनीको जीवन बीमा कोष रु. १ अर्व ४ करोड ४० लाख रहेकोमा यस पौष मसान्तमा सो रकम २ अर्व ३९ करोड ८१ लाख पुगेको छ ।
त्यस्तै गरी गत साल ८० लाख ८८ करोड बीमाशुल्क संकलन गरेकोमा यो वर्षको सोही अवधिमा रु. १ अर्व ४० करोड २१ लाख संकलन गरेको कम्पनिले सार्वजािक गरेको विवरणमा उल्लेख गरीएको छ ।
उक्त बीमा शुल्क आर्जन ७३५ प्रतिशतले बढेको हो ।अवधिमा जीवन बीमा कोषमा १३०५ को वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ४२ करोड १ लाखबाट ७३५ ले बढाएर ७२ करोड ८० लाखको उचाई चुमाएको छ । साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ५४ प्रतिशतको वृद्धि गरी रु. १५ करोड ४ लाख पुर्याएको छ ।













