नेकपाले बोलायो सचिवालयको आकस्मिक बैठक - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेकपाले बोलायो सचिवालयको आकस्मिक बैठक



काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्।

सोमबार पार्टी विभाजनको व्यवस्था परिवर्तन गर्ने अध्यादेश मन्त्रिपरिषदले पास गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको हो।

साढे पाँच बजे बालुवाटारमा बैठक बस्नेगरी खबर आएको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए।

सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले पार्टी विभाजनको लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत मत भए पुग्ने गरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस्