थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो



काठमाडौं । नेपालमा थप १० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा संक्रमितको संख्या एक सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं। ५ तथा बुद्धभुमि नगरपालिका वडा नं। ७ र १० का हुन्।

उनीहरु १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु छन् । एक पुरुषको भने उमेर खुलेको छैन। उनीहरुको स्वास्थ्य सामान्य छ।


प्रतिक्रिया दिनुहोस्