बजार प्रतिनिधिहरुको रोजगारी नखोस्न आग्रह - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बजार प्रतिनिधिहरुको रोजगारी नखोस्न आग्रह



काठमाडौं । नेपाल बजार बिक्री प्रतिनिधि संघले बजार प्रतिनिधिहरुको रोजगारी नखोस्न तथा शतप्रतिशत पारिश्रमिक उपलब्ध गराउन आग्रह गरेको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘बजार प्रतिनिधिहरुकै अथक प्रयासबाट व्यवसायिक प्रतिष्ठानहरु आजसम्म आफ्नो प्रतिष्ठा जोगाउन सफल हुनु भएको यथार्थतालाई मध्यनजर गर्दै निजहरुले खाइपाई आएको पारिश्रमिक यथावत रुपमा प्रदान गर्नु हुन आग्रह गर्दछौँ ।’


प्रतिक्रिया दिनुहोस्