कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित आफन्तहरुमा संक्रमण नभएको पुष्टि - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित आफन्तहरुमा संक्रमण नभएको पुष्टि



काठमाडौं । कोरोना भाईरसको संक्रमणबाट मृत्यु भएकी सुत्केरी महिलाको आफन्तहरूमा कोरोना नेगेटिभ आएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे गाउँपालिकाकी २९ बर्षीय महिलाको मृत्यु भएपछि उनको परिवारलाई धुलिखेल अस्पताको आईसोलेशन कक्षमा राखी स्वाब परिक्षण गरिएको थियो ।

उक्त स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले कोरोनाबाट मृत्यु भएकी महिलाको आफन्तहरूको स्वाब परिक्षणमा कोरोना संक्रमण नभएको पुष्टी गरे ।

१३ दिने शिशुसहित सबैको रोपोर्ट नेगोटिभ आएको उनले जानकारी दिए ।
नतिजा नेगेटिभ आएपछि परिवारका सदस्यहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने गरी सिन्धुपाल्चोक पठाउन लागेको डा. झाले जानकारी दिए ।

मृतकको शिशुसहित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा। झाले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या आएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा ती सुत्केरी महिलाको बाटोमा नै मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्