कोशी अस्पतालबाट थप एक जना डिस्चार्ज
काठमाडौं । नेपालमा थप एक जना कोरोना भाईरस मुक्त भएर घर फर्किएका छन् । कोरोना भाइरसबाट मुक्त भएर प्रदेश १ स्थित कोशी कोभिड १९ उपचार केन्द्रबाट झापा दमक ३ का ६२ वर्षीय पुरुष डिस्चार्ज भएर घ।्र फर्किएका हुन् । उनका पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका चिकित्सक डा. दीपक सिग्देलले जानकारी दिए । प्रदेश १ बाट निको भई डिस्चार्ज हुनेको संख्या १८ पुगेको छ ।
गत बैशाख १२ गते अस्पताल भर्ना भएका उनी २५ दिनको अस्पताल बसाई पछि निको भएका हुन् ।















