लिपुलेक जान भनी हिँडेका चन्द समूहका ८ जना नियन्त्रणमा
काठमाडौं । प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (चन्द समूह) का आठ जना कार्यकर्तालाई दार्चुलाबाट नियन्त्रणमा लिएको छ ।
सुदूरपश्चिम प्रहरी प्रदेश कार्यालय दिपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुबेदीले चन्द समूहका कार्यकर्ता पक्राउ परेको पुष्टि गरे।
उनले लिपुलेक जान भनी हिँडेका ८ जनालाई लौगाड गाउपालिका(१ रामपाङ भन्ने स्थानबाट पक्राउ गरिएको बताए।
पक्राउ परेकाहरूलाई दार्चुलास्थित सदरमुकाम खलंगा ल्याइदै गरेको डिआईजी सुबेदीले बताए। उनले पक्राउ परेको स्थान सदरमुकाम दार्चुलाबाट निकै टाढा रहेकोले भोलिसम्ममा सदरमुकाम ल्याइने बताए ।













