एसियन लाइफ इन्स्योरेन्सका सीईओ दिनेश लाल श्रेष्ठले दिए राजीनामा, कामु सीईओमा होम बहादुर श्रेष्ठ नियुक्त
काठमाडौं। एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन्।
कम्पनीको सञ्चालक समितिको हालै बसेको बैठकले कात्तिक १० गतेबाट लागू हुने गरि उनको राजीनामा स्वीकृत गरेको छ।
यस्तै बैठकले रिक्त पदमा नायब सीईओका रुपमा कार्यरत होम बहादुर श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको छ। श्रेष्ठले पनि आगामी कात्तिक १० गतेदेखि नै लागू हुने गरी कामु प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्नेछन्।















