सनराइज बैंकको संचालक झगडा, वर्षमा ३ सिईओ नियुक्त हुन सक्दैन : राष्ट्र बैंक
काठमाडौं । सनराइज बैंकमा देखिएको संचालक विवाद अन्ततत अहिलेलाई मिलेको छ । आइतबार ११ बजे राष्ट्र बैंकको बोलाएको भेलामा सबै संचालकहरुले आ–आफ्ना कुरा राखेका थिए । बैंकभित्रको विवाद एक्कासी पत्रिकामा आएपछि हामीले बुझ्न बोलाएको राष्ट्र बैंक स्रोतले बताएको छ ।
हामीले बैंक भित्रको विवाद तार्किक नदेखिएकोले मिलेज जान सुझाव दिएको राष्ट्र बैंक स्रोतले भन्यो । संचालकको विवादले १ वर्षमा ३ सिईओ नियुक्त हुदैन भनेर पठाएको छ । अहिलेलाई सनराइज बैंकभित्रको विवाद मिलेको छ । संचालकहरुले राष्ट्र बैंकसामु मिलेर जाने प्रतिवद्धता जाहेर गरेको राष्ट्र बैंक स्रोतले बताएको छ ।
विवादको जड
बैंकमा अध्यक्ष मोतिलाल दुगड र उनका भतिजा तथा संचालक मालचन्द दुगडमध्ये भावी अध्यक्षलाई लिएर विवाद बढ्न थालेको छ । मोतिलाल दुगड पुन अध्यक्ष हुन चाहन्छन भने भतिजा मालचन्द दुगडपनि अध्यक्ष बन्न चाहन्छन । उता अर्का संचालक शैलेन्द्र गुरागाईँ पनि मालचन्दलाई प्रयोग गरेर अध्यक्ष पड्काउने दाउमा छन ।
पछिल्लो समय गुरागाईँ ओमकृष्ण जोशी र मालचन्द अध्यक्ष र सिईओ हटाउने खेलामा लागेपनि बैंकभित्र विवाद बढेको हो । मालचन्द पक्षले सिईओले अध्यक्षको मात्रै फेवरमा काम गरेको भन्दै सिईओको राजिनामा मागेको थियो । झण्डै ४ वर्षसम्म अध्यक्षको पक्षमा रहेका प्रोफेसनल संचालक ओमकृष्ण जोशीपनि मालचन्दको पक्षमा उभिएपछि बोडमा झण्डै आधाआधाको अवस्था छ । अध्यक्ष पक्ष भने वर्षमा ३ ओटा सिर्यओ नियुक्त हुन नसक्ने भन्दै सिईओ हटाउन नहुने पक्षमा रहेका छन ।
सृजना फाइनान्स गाभ्ने विषयलाई लिएर केही संचालकहरुले मनपरी गर्न खोजेपछि सिईओ र अध्यक्ष मिलेर रोकेका थिए । शैलेन्द्र, मालचन्द र ओमकृण पक्षले लफडा झिकेका थिए ।
राष्ट्र बैंककले के भन्यो ?
११ बजेनै पुगेका संचालकहरुलाई राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले एकै पटक मिडियामा कसरी विवादका कुरा बाहिर आए भनेर प्रश्न गरेका थिए । त्यसपछि २ पक्षीय संचालकहरुविच आरोप प्रत्यरोप शुरु भएको थियो । भेला भएका संचालकमध्ये केही सियृओले अध्यक्षको मात्रै कुरा सुने भनेर भनेपनि केही संचालकहरुले सिईओ जनक शर्मा पौडेलले राजिनामा दिनुपर्ने माग राखेका थिए ।
राष्ट्र बैंककले संचालकहरुको कुरा सुनिसकेपछि १ वर्षमा ३ ओटा सिईओ नियुक्त गर्दा तपाईँहरुकै इज्जत नहुने भन्दै मिलेर जान सुझाव दिएका थिए । भेलामा नियमन विभागका अन्य निर्देशकहरु र सुपरिवेक्षण विभागका केही निर्देशकहरुसमेत थिए ।
सदाझै भन्दा आइतबार राष्ट्र बैंक अहिले कडा ढंगले प्रश्तुत भएको थियो । छलफलमा मलिन स्वरले गुरागाईँले बोलदेपनि अरुले सबै ठिकै छ भन्ने मात्रै उत्तर दिएका थिए ।













