जार र बोटलको पानीको मुल्य घट्यो ,भदौ १० गतेदेखि लागु - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जार र बोटलको पानीको मुल्य घट्यो ,भदौ १० गतेदेखि लागु



काठमाडौं । जार र बोटलको पानीको मुल्य घटेको छ ।


वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागले बजार सन्तुलनको लागि जारको र बोटलको पानीमा ४ रुपैयाँ र १० रुपैयाँ घटेको जानकारी दिएको छ ।

वाणिज्य विभागले हिजो भदौ १० गतेदेखि लागु हुने गरेर उपत्यका तीन जिल्ला र काभ्रेपलान्चोकका लागि प्रशोधित पानीको उक्त मूल्य तोकेको छ ।

बिचौलीयाहरुले बढी मुल्यमा कारोबार गरेर बजार पानी किनेर खानु पर्ने गा्रहकलाई समस्या परेकोले मूल्य तोकिएको वाणिज्य उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीले बताए ।

व्यवसायीले आफुखुशी मूल्य तोक्दा किन्ने ग्राहक ठगिन्छने गरेको उनले बताएक छन ।्
विभागको बजार अनुगमनको टोलीले केही दिनदेखि खानेपानी उद्योगहरुमा अनुगमन भइेरहेको पनि सुवेदीले जानकारी दिए।


पानीमा न्यूनतम बिक्री मूल्य लागू नभएकाले उपभोक्ता ठगिएका थिए ।


प्रतिक्रिया दिनुहोस्