सिन्धुपाल्चोक पहिरोमा पुरिएका २२ जनाको शव भेटियो, १७ जना अझै वेपत्ता
काठमाडौं । सिन्धुपाल्चोकको पहिरोमा हालसम्म २२ जनाको शव फेला परेको छ । शनिबारसम्म १९ जनाको शव फेला परेको थियो ।
सोमबार थप ३ जनाको शव फेला परेको हो । उक्त पहिरोमा ३९ जना वेपत्ता भएकोमा २२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । १७ जना अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी माधवप्रसाद काफ्लेले बर्खाले सडक बगाएपछि एक्स्काभेटर लैजान नसकिँदा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाको ५५ जनाको टोलीले साबेल, कोदालोको भरमा बेपत्ताको खोजी गरिरहेको जानकारी दिए ।
आइतबार बिहानबाट हिँडेको डोजर बाटो बनाउँदै बेलुकीसम्म पहिरो गएको स्थलमा पुग्ने अनुमान गरिएको काफ्लेले बताए ।













