पर्साको पोखरीया नगरपालिका मेयरसहित ३३ मा कोरोना पुष्टि
काठमाडौं । पर्सामा मेयर सहित ३३ जनामा कोरोना भाईरस स.क्रमण पुष्टि भएको छ ।
काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पोखरीया नगरपालिका नगर प्रमुख दिप नारायण रौनीयार मन्टु, उनका परिवारका सदस्य, स्वकीय सचिव, सवारी चालक सहित ३३ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाकी उपप्रमुख सलमा खातुनले जानकारी दिइन् ।
संक्रमण पुष्टि हुनेमा पोखरीया नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मण साह कानु, पोखरीया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अनिल यादवसहित ३ चिकित्सक, दुई नर्समा पनि रहेका छन् ।












