२४ भदौ २०८३, बुधबार

उपप्रधानमन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा



काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् । विहान घिमिरेकै निवासमा पुगेर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका हुन् ।

त्यस्तै घिमिरेलाई श्रद्धाञ्जली व्यक्त गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत पनि पुगेका थिए ।

गतवर्ष शताब्दी वर्ष उमेर पूरा गरेका उनको आफ्नै निवास लैनचौरमा निधन भएको थियो ।

कविता र गीतका माध्यमबाट करोडौँ नेपालीको मन र मस्तिष्क छोएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका करीब एक मात्र र अत्यन्त महत्वपूर्ण कवि मान्छन् । उनका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य र चैतवैशाख काव्यसङ्ग्रह चर्चित छन् ।