कुरियर सेवा एक सातासम्मका लागि सटडाउन गर्ने
काठमाडौं । कोरोना संक्रमण दैनिक बृद्धि भएसंगै काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखी भाद्र १० गतेसम्म निषेधाज्ञा जारी गर्ने भएको छ । त्यस्तै सरकारको आदेश अनुसार नेपाल कुरियर सेवा सघं (कोषान) ले भदौको पहिलो हप्तासम्म सम्पूर्ण कुरियर व्यवसाय सट डाउन गर्ने जनाएको छ ।
राज्यलाई कर असुलीमा मात्र निजी क्षेत्रको सहकार्य चाहिने तर त्यही व्यवसायी र आश्रित कर्मचारीको स्वास्थ्य परीक्षणमा सरकार जिम्मेवार नभएको पनि कोषानका अध्यक्ष्य गोविन्द ढुङगेलले बताए ।
कोषानका महासचिव सञ्जय मण्डलले सरकारी स्वास्थ्य प्रोटोकलको मापदण्ड पूरा गर्दै सटडाउन अवधिभर आधा कर्मचारीबाट मात्र सेवा उपलब्ध गराइने जानकारी दिए ।












