सुदूरपश्चिममा थपिए १० जना कोरोना संक्रमित
काठमाडौं । सुदूरपश्चिम प्रदेशका बुधबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशाला भएको परीक्षणमा आज १० जनामा संक्रमण देखिएको हो ।
डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ७७ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण देखिएको छ ।
यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका तीन जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशालामा ७१ जनाको कोरोना परीक्षण भएको उनले बताए । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ८६ पुगेको छ ।












