अनावश्यक बाहिर हिड्डुल गर्नेलाई ५ सय रुपैयाँ जरिवाना, १ महिना जेल सजाय हुने
काठमाडौं । निषेधाज्ञाको समयमा अनावश्यक काममा हिड्डुल गर्नेलाई कारवाहि गरिने भएको छ ।
कोरोना भाईरस रोकथाम तथा न्यूनिकरणका गर्नका लागि काठमाडौं उपत्यकमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरिएको समयमा अनावश्यक रुपमा बाहिर हिड्डुल गर्न नपाईने भएको छ । यदि अत्याश्यक काम बाहेक बाहिर हिट्टुल गरेको देखिएमा संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिने भएको छ ।
मन्त्रीपरिषद्को सोमबारको बैको निर्णय बमोजिम संक्रामक रोग ऐन, २०२० को स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम भाद्र ३ गते राति १२ बजेदेखि भाद्र १० गते राति १२ बजेसम्म काठमाडौं जिल्लाभर लागू हुने भएको छ । उक्त ऐन अनुसार ५ सय रुपैयाँ जरिवाना वा १ महिनासम्म जेल सजाय हुने भएको छ ।
बुधबारदेखी भदौ १० गतेसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना भाईरसको संक्रमणमा दैनिक बृद्धि भएपछि निषेधाज्ञा जारी गरेको हो ।
तीन जिल्लाका सीडीओहरुको संयुक्त बैठकले आज राति १२ बजेदेखी भदौ १० गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।












