सामाजिक कार्यमा उदाहरणीय बनिन् अभियान्ता शर्मा
काठमाडौं । समाज सेवा गर्न को लागि न त धन चाहिन्छ, न त उमेरको परिपक्वता नै । त्यस्तै उदाहरणीय बनेकी छिन्, सामाजिक अभियान्ता संगीता शर्मा ।
सिन्धुपाल्चोकमा जन्म भइ हाल काठमाडौ कोटेश्वरमा बस्दै आएकी उनले सानै उमेरदेखी सामाजिक सेवा गर्ने इक्षा राख्ने गर्दथिईन् । उनले १६ बर्षबाट नै एनजीओ र आईएनजीओमा आवद्ध भएर बालबालिकाको क्षेत्रमा काम गर्दै आएकि छिन् ।
हाल उनी लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीन सिटिमा सचिव र उज्यालो नेपाल बालगृहमा संयोजकको भूमिका निर्वाह गरिरहेकी छिन् ।
बालबालिकाको क्षेत्रमा काम गर्ने क्रममा धेरै संरक्षक बिहिन, अभिभावक बिहिन, अपांगता भएका, श्रम शोषणमा परेका र बालबिबाहमा परेका बालबालिका हरुको विषयमा धेरै अध्ययन गरेको उनले बताईन् । त्यसबेला देखि नै उनको मनमा त्यस्ता बालबालिकाहरुको संरक्षणको लागि बाल संरक्षण केन्द्र खोल्ने योजना बनाएकी शर्माले लकडाउन को समयमा धेरै बालबालिका तथा महिला र बृद्ध–बृद्धाहरुलाइ आफ्नै सवारीसाधन स्कुटरमा खाद्यान्न सामाग्री राखी घर–घरमा र आश्रममा पुर्याउने कार्य गरेको शर्माले बताईन ।
बालबालिकाहरुको हितमा काम गर्ने उनको सपना आंशिक रुपमा पूरा हुँदा काम गर्ने हौसला झनै बढेको उनले बताएकी छिन् । लकडाउनको समयमा खाद्यान्न र हरियो तरकारी सहयोग गर्ने क्रममा उज्यालो नेपालकि कि अध्यक्ष रमा कोइरालासङ्ग उनको भेट भएको थियो ।
कोईरालासंगको भेटमा उनले आफुले बालबालिकाको क्षेत्रमा काम गर्ने इक्षा जगाएपछी सङ्गै काम गर्ने प्रतिबद्धताका साथ हाल उज्यालो नेपाल बालगृहमा संयोजकको रुपमा आवद्ध भएकी छिन् । कुनै पनि बालबालिकाहरु कतै बेवारिसे अवस्थामा भेटिए तथा पैसाको कारण शिक्षा, स्वास्थबाट बञ्चित भएमा उनीहरुलाइ सम्झिन पनि आग्रह गर्छिन् । उनी आफू गाउँमा मध्यम बर्गिय परिवारमा जन्मि धेरै अभाबमा हुर्केकोले कसैको दुख देख्नै नसक्ने बताउँछिन् ।
बिगत ५ बर्षदेखि अनाथ तथा असहाय ५ जना बालबालिकाहरुलाइ आफ्नै खर्चमा पठनपाठन तथा बस्ने ठाउँको ब्यवस्था पनि उनले आफैले गरेकी छिन् । समाजमा काम गर्ने क्रममा उनलाई कुरा काट्ने र खुट्टा तान्ने मान्छेको पनि कमि नभएको होइन, तर पनि उनिले कसैको कुरा सुनिनन् । झन् उनमा काम गर्ने हौसमा बढ्यो । अझ समाजमा उदाहरणिय बन्न सहज भयो यो भनाइले ।
लायन्स क्लबमा आवद्ध भएसंगै अझ समाजसेवा गर्ने शक्ति बढेको उनीले बताइन । त्यस्तै आफ्नो कमाइको बचत ५०५ रुपैयाँ समाजसेवामा खर्चिने समेत प्रतिबद्धता जाहेर गरेकी छिन् । आज उनलाइ सामजिक कार्य गर्न लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए २ नेपालले झन हौसला प्रदान गरेको बताइन । त्यस्तै यो ठाउँमा पुग्नको लागि लायन्स क्लबका रिजन चियरपर्सन तथा समाजसेबि इन्द्र ब. कार्की र उज्यालो नेपालकी अध्यक्ष रमा कोइरालाको ठूलो हात रहेको बताउछिन् । उनको यो सामाजिक कार्य जिबन्तर रहने समेत उनले बताइन ।












