२४ भदौ २०८३, बुधबार

स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि ५ वटा अस्पतालका लागि ७ करोड ५० लाख रुपैयाँ बजेट निकासा



काठमाडौं । विश्वभरि र नेपालमा पनि महामारीको रुपमा फैलिरहेको कोरोनाको उपचार, रोकथाम तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि अर्थ मन्त्रालयले ठूला ५ वटा अस्पतालका लागि ७ करोड ५० लाख रुपैयाँ बजेट निकासा गरेको छ ।

उक्त जोखिम भत्तत्रा पाउने अस्पतालहरुमा कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पताल, भेरी अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल रहेको छन् ।
त्यस्तै कर्णाली प्रदेशको चौरजहारी र दैलेख अस्पतालमा ल्याब व्यवस्थापन तथा रिएजेन्ट खरिदका लागि २० लाख रुपैयाँ निकासा छुट्याईएको छ ।

कसले कति रकम पाउने ?

कान्ति बाल अस्पतालः १ करोड ५५ लाख ७९ हजार रुपैयाँ
राष्ट्रिय ट्रमा सेन्टरः १ करोड ३५ लाख ५०५ रुपैयाँ
भरतपुर अस्पतालः २ करोड ३३ लाख ६७ हजार रुपैयाँ
भेरी अस्पतालः १ करोड ६८ लाख रुपैयाँ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानः ५७ लाख ४२ हजार रुपैयाँ