२४ भदौ २०८३, बुधबार

जुम्लाका ५१ र कालिकोटका ५ जनामा कोरोना पुष्टि



काठमाडौं । कर्णाली प्रदेशका जुम्ला र कालिकोट जिल्लामा शुक्रबार ५६ जना कोरोना संक्रमित थपिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पीसीआर परीक्षण गर्दा जुम्लाको हिमा गाउँपालिकाका ५१ र कालिकोटको तिलागुफा नगरपालिकाका ५ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी टेकबहादुर रोकायाले बताएका छन् ।

हिमा गाउँपालिकामा केही दिनअघि कोरोना देखिएका ९ जनाको सम्पर्कमा आउँदा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कालिकोटको नाग्मका व्यापार व्यवसायीहरुमा परीक्षण गर्दा पाँच जनामा संक्रमण देखिएको हो । समुदायस्तरमा कोरोना संक्रमित भेटिन थालेपछि जुम्लामा हप्ता दिनदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी छ ।