१ कार्तिक २०८३, आइतबार

नेकपा अध्यक्षद्वयद्धारा कार्यदलको प्रतिवेदनमाथि छलफल



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समस्या समाधान गर्न गठित कार्यदलले तयार पारिएको प्रतिवेदनमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले छलफल गर्ने भएका छन् । दुई नेताबीच बालुवाटारमा छलफल भएको हो ।

अध्यक्षद्वयबीच पार्टी महासचिव विष्णु पौडेल नेतृत्त्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भइरहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले बताए । अध्यक्षद्वयको छलफलपछि उक्त प्रतिवेदन सचिवालय बैठकमा पेस गरिनेछ ।

कार्यदलले निषेधाज्ञा सकिएलगत्तै स्थायी कमिटीको बैठक राख्ने, आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने, महाधिवेशनपूर्व गरिनुपर्ने सदस्यता वितरण, दस्तावेजीकरण लगायतका विषयहरुको तयारीका लागि असोजको अन्तिम साता केन्द्रीय कमिटीको बैठक राख्नुपर्ने लगायतका सुझाव पेश गरिएको थियो ।

त्यस्तै कार्यदलले पार्टी एकताको भावना अनुसार आगामी महाधिवेशन सहमतिमा आधारमा नेतृत्व चयन गर्ने प्रश्ताव छ । महाधिवेसनमा निर्वाचनमा नभएर ‘भागवण्डा’का आधारमा हुने भनिएको छ ।

पार्टीमा २ अध्यक्षविच विवाद बढेपछि नेकपा सचिवालयको बैठकले अघिल्लो साता महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलका सदस्यहरुमा ओलीको तर्फबाट महासचिव पौडेल र शंकर पोखरेल, प्रचण्डको तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल भने माधव नेपालको तर्फबाट सुरेन्द्र पाण्डे र भीम रावल कार्यदलमा थिए ।