७ श्रावण २०८३, बिहिबार

कोरोना संक्रमणबाट ४ दिनमा आमा छोराको मृत्यु



काठमाडौं । विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस कोभिड १९ बाट ४० वर्षका युवकको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका उनलालाई भदौ ४ गते कोरोना पोजेटिभ देखिएको थियो ।

उनको हिजो राति पाटन अस्पतालमा अस्पतालको भेन्टिलेटरमा राखेर उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई कोरोना संक्रमठ भएपछि परिवारका सदस्यहरुमा परीक्षण गर्दा बाबु, आमा, पत्नी र दुई छोराछोरीमा पनि संक्रमण पुष्टि भएको थियो ।

उनको आमाको कोरोनाबाटनै भदौ १३ गते पाटन अस्पतालमै मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्