२४ भदौ २०८३, बुधबार

घरबेटीले डेरावाललाई भाटाले हिर्काउँदा मृत्यु



काठमाडौं । घरबेटीको कुटाइबाट डेरावालाको मृत्यु भएको छ । काठमाडौंमा कीर्तिपुर नगरपालिका ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार विहान सामान्य विवादमा घरबेटी महर्जनले चौधरीमाथि कुटपिट गरेको प्रहरीले बताएको छ ।

कुटपिटबाट गम्भीर घाइते चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र प्रहरीले घरबेटी महर्जनलाई पक्राउ गरेको छ ।