विहिबार घट्यो सुनचाँदीको भाउ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

विहिबार घट्यो सुनचाँदीको भाउ



काठमाडौं । केही दिनदेखि लगातार बढेको सुन आज २ सयले घटेको छ । बुधबार तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक २ सय रुपैयाँले घटेर ९४ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ २५ रुपैयाँले घटेर लोलामा ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १२ सयमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्