सिभिल लघुवित्तको लिलामी सेयर दोस्रो पटक बिक्री खुला, असोज २५ गतेदेखि आवेदन दिन सकिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिभिल लघुवित्तको लिलामी सेयर दोस्रो पटक बिक्री खुला, असोज २५ गतेदेखि आवेदन दिन सकिने



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले लिलामी शेयर असोज २५ गते देखि विक्री खुला गर्ने भएको छ । कम्पनीका अनुसार संस्थापक समुहको ११ हजार ६०८ कित्ता शेयर र ७७ हजार ८४२ कित्ता सर्वसाधारण समुहको शेयर गरी कुल ८९ हजार ४५० कित्ता शेयर लिलामीमा विक्री गर्ने जनाएको छ ।

कम्पनीले भदौ २५ गतेदेखि असोज २९ गते सम्म निष्कासन गरेको हकप्रद शेयरमा विक्री नभएको शेयर लिलामीमा विक्री खुला गरेको हो । लगानीकर्ताले संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समुहको हकमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन गर्न सक्ने छन् ।

लिलामी शेयरमा कम्पनीकै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले पनि आवेदन दिन सक्नेछन ।


प्रतिक्रिया दिनुहोस्