२४ भदौ २०८३, बुधबार

माल्टा पठाइदिन्छु भन्दै ४९ लाख ठग्ने पक्राउ



काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै ४९ लाख रुपैयाँ ठग्ने एक जनालई प्रहरीले पक्राउ गरेको छ । माल्टा पठाइदिन्छु भन्दै ४८ लाख ९८ हजार रुपैयाँ नगद ठगी गरेको अभियोगमा प्रहरीले सुनसरी बराहक्षेत्र नगरपालिका–९ प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राईलाई पक्राउ गरेको हो ।

उनले उक्त नगद रुपैयाँ ठगी गरी फरार भएका राइलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा सुनसरीबाट पक्राउ गरेको जनाएको छ । उनी माथि आवश्यक कारवाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।