२४ भदौ २०८३, बुधबार

सांसदलाई ‘घिसारेर बाहिर निकाल्न’ आदेश दिने मन्त्रीलाई कोरोना पुष्टि



काठमाडौं । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश मन्त्री केसीलाई सामान्य रुघा खोकी लागेपछि शुक्रबार बिहान लुम्विनी प्रादेशीक अस्पतालमा स्वाब परिक्षण गरिएको थियो । केसीको स्वाव परिक्षणको रिजल्ट आएसँगै उनीसँगको सम्पर्कमा रहेका उच्च पदस्त नेताहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

प्रदेशमन्त्री केसी मुख्य मन्त्री शंकर पोखरेल, सभामुख पूर्णप्रसाद घर्ती, उपसभामुख, प्रदेश मन्त्री, प्रदेश मन्त्रालयका कर्मचारी र केही संचारकर्मीसमेत कन्ट्याक्ट ट्रेसिङाम परेका छन् । संक्रमण पुष्टि भएका प्रदेश मन्त्री केसी मन्त्रीकै सरकारी निवासमा होम आइसोलेसन बनाएर बसेका छन् ।

प्रदेश सरकारले तत्कालिन प्रदेश ५ को नाम लुम्विनी र स्थायी राजधानी दाङ राख्ने प्रस्तावको विरोध गरेका कांग्रेसका सभासद्लाई प्रदेशमन्त्री केसीले घिसारेर वाहिर निकाल्न मर्यादापालकलाई आदेश दिएको भिडियो र अडियो सार्वजनिक भएपछि निकै चर्चा बटुलेका थिए ।