२४ भदौ २०८३, बुधबार

काठमाडौं उपत्यकामा आज १४१६ जनालाई कोरोना संक्रमण



काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा १४१६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं १०७१, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको हो ।

यो संगै जम्मा कोरोना संक्रमितको संख्या काठमाडौंमा ३२ हजार ५६१ जना, ललितपरमा ४ हजार ४८८ र भक्तपुरमा ३ हजार ३२४ जना रहेका छन् ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संख्या हाल सम्मकै धेरै हो । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा ७५ हजार ८ सय ४ जना संक्रमित उपचारपछि निको भएका छन् ।