१ कार्तिक २०८३, आइतबार

आइएमई पे ले दसैँको किनमेलमा तीस प्रतिशत क्यास ब्याक अफर



काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई पे’ ले दसैँको अवसरमा गरिने किनमेलमा ३० प्रतिशत क्यासव्याक दिने जनाएको छ । चाडपर्वलाई ध्यान दिँदै आइएमई पे मोबाइल वालेट मार्फत गरिने भुक्तानीमा ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।

औषधी, तरकारी, फलफुल र नयाँ लत्ताकपडा खरिदको भुक्तानीमा यस्तो अफर सार्वजनिक गरिएको हो । यो अफर २५ असोजबाट शुरू भइ कार्तिक ७ गतेसम्म कायम हुनेछ । किराना, किनुमन, ठूलो डट कम, काठमाडौं अग्र्यानिक, सोचेको डट कम र नेपमेड्सका आउटडेटेडबाट विक्री हुने आवश्यक सामानहरू सामानहरूमा छुटको व्यवस्था गरेको हो ।

यो अफरसँगै कोरोना भाइरसको बढ्दो प्रभाव र अपनाउनुपर्ने सूरक्षा सतर्कता अन्तर्गत सामाजिक र भौतिक दूरी कायम गर्न आम उपभोक्तालाई सहज हुने विश्वास कम्पनीले लिएको छ ।