२४ भदौ २०८३, बुधबार

उपप्रध्यापक चलाउनेलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र केन्द्रीय विभागमा कार्यारत उपप्रध्यापक प्रेम चलाउनेलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतवार उनीहरुलाई नियन्त्रणमा लिएको परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन ।

पक्राउ पर्नेहरुमा सिरहा गोलबजार नगरपालिका वडा नम्वर ६ घर भएका २३ वर्षीय रुपेश साह र २४ वर्षीय रविन कुमार लामालाई नियन्त्रणमा लिएको हो। साहलाई कोटेश्वर र लामालाई सिरहाको गोलबजारबाट नियन्त्रणमा लिएको एसपी राठौरले बताएका छन ।

असोज २० गते बिहान करिव ९ बजेर ५० मिनेटमा किर्तिपुरस्थित त्रिवि परिसरमा प्रध्यापक चलाउने माथि आक्रमण भएको थियो घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।