सीटीईभीटीको मौका परीक्षा कात्तिकमा २२ गते हुने
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सीटीईभीटी डिप्लोमा र प्रमाणपत्र तहको एक विषय मौका परीक्षा यही कात्तिकमा सञ्चालन हुने भएके छ ।
विश्वभर नै महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस कोभिड १९ का कारण गत चैतपछि रोकिएको डिप्लोमा र प्रमाणपत्र तहको नियमित तथा छात्रवृत्ति कार्यक्रमको एक विषय मौका परीक्षा नेपाल सरकारकाले तोकेको सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न लागिएको सीटीईभीटीले जनाएको छ ।
मौका परीक्षाका लागि सबै प्रदेशमा एक–एक वटा परीक्षा केन्द्र तोकिएको छ ।












