मंगलबार सुन तोलामा ४ सयले बढ्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मंगलबार सुन तोलामा ४ सयले बढ्यो



काठमाडौं । मैगलबार सुन तोलामा ४ सयले बढेको छ । सोमबार सुनको मूल्य तोलामा ९५ हजारमा कारोबार भएकोमा आज तोलामा ४ सयले बढेर तोलाको ९५ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन स्थिर रहेको थियो ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ९ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १२ सय १० रुपैँयामा कारोबार भएरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्