‘नेपालमै पहिलो पटक’ एनएमबि बैंकले २४ घण्टा र सातै दिन एनएमबि सापटी प्रदान गर्ने
काठमाडौं । एनएमबि बैंकले एनएमबि सापटी र एक आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरु गरेको छ ।
जसले कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने जनाएको छ । यो ‘नेपालमै पहिलो पटक’ २४ घण्टा र सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सुविधा रहेको बैंकले जनाएको छ । उक्त सेवा बैंकसम्म नधाइकनै मोवाइलको प्रयोगबाट नै प्राप्त गर्न सकिन्छ ।
एनएमबि सापटी ग्राहकको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको व्यक्तिगत कर्जा हो ।
एनएमबिमा तलब खाता भएका तलबी कर्मचारीहरुलाई १ लाखसम्म २४ घण्टा र सातै दिन तुरुन्त कर्जा उपलब्ध गराइने छ । ग्राहकहरुले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनोट गर्न सक्ने छन् ।
शून्य म्यानुअल हस्तक्षेपका साथ सम्पूर्ण कर्जाको सुरुदेखि अन्त्यसम्मको प्रक्रियाले ग्राहकहरूलाई कर्जा प्राप्त गर्न कुनै पनि समय, जुनसुकै स्थानबाट सजिलो मात्र नबनाइ कागजविहीन कार्य वातावरणप्रति बैंकको प्रतिबद्धतालाई समेत टेवा र्पुयाउँदछ” एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बताए ।
एनएमबि सापटी मोबाइल फोन प्रयोग गरेरै यो सेवा लिन सकिने बैंकले जनाएको छ । हालको विषम परिस्थितिमा पनि ग्राहकलाई व्यक्तिगत र आपातकालीन वित्तीय आवश्यकताहरू पूरा गर्नका लागि सुरक्षित र प्रत्यक्ष सम्पर्क रहित माध्यमको रुपमा कर्जा योजना प्रस्तुत गरेको बैंकले जनाएको छ ।










