यस्ता एजेण्डासहित मंसिर ३ गते नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको दोस्रो वार्षिक साधारण सभा मंसिर ३ गते हुने भएको छ । बैंकको कार्तिक २ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुने जनाएको छ ।
सभामा बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने छ ।











