कात्तिक २१ गते साधारणसभा गर्ने सानिमा र सिद्धार्थ क्यापिटल, लाभाशं कति दिने ?
काठमाडौं । सानिमा क्यापिटल र सिद्धार्थ क्यापिटलको साधारण सभा कात्तिक २१ गते हुने भएको छ ।
सानिमा क्यापिटलको कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौंमा साधारण सभा हुने भएको छ । उक्त सभा अपरान्ह २ बजे हुने भएको छ । सभाले ८ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सिद्धार्थ क्यापिटलले नक्सालमा सभा बोलाएको छ । सभाले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।















