२५ भदौ २०८३, बिहिबार

३ युवतीसहित एक होटलबाट ७ जना पक्राउ



काठमाडौं । जिल्ला प्रहरी कार्यालयको टोलीले कैलाली प्रहरीले धनगढीको एक होटलबाट ३ युवतीसहित ७ जनालाई पक्राउ गरेको छ ।

गएराती बसपार्कस्थित न्यु बडिकेदारका सञ्चालक टेकेन्द्र बडैला सहितका ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई बेचबिखनका लागि भारततर्फ लगिरहेको भन्ने सूचनाका आधारमा होटलमा छापा हान्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १७, १८ र १९ वर्षीया युवती र होटल सञ्चालक बडैला सहितका ४ जना पुरुषलाई पक्राउ गरिएको हो । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।